काठमाडौं–एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिनुभएको छ। १ वर्ष कार्यकाल बाँकी छँदै सीईओ न्यौपानेले आज राजीनामा दिनुभएको हो।
बैंकको असोज २ गते बैंकको सञ्चालक समितिको ७३२औं बैठकको निर्णयअनुसार न्यौपानेले दिएको राजीनामा स्वीकृत गरेको छ।
न्यौपानेको राजीनामा सँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ। न्यौपाने २०७९ कात्तिक १६ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।







प्रतिक्रिया