काठमाडौं- तुइन खोलामा पहिरो खसेपछि नारायणघाट- मुग्लिन सडक अवरूद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार सडकमा ठूलो पहिरो खसेको छ। पहिरो खसिरहेकाले पन्छाएर यातायात सञ्चालनमा ल्याउन बिहानसम्मै लाग्न सक्ने शर्माले बताउनुभयो।
यस वर्ष तुइन खोलामा दिनहुँ पहिरो खसिरहेको छ। यहाँ पुल निर्माण गर्नेक्रममा पहरो फुटाइएको थियो। प्रहरी निरीक्षक शर्माले वर्षा भइरहँदा जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न आग्रह गरे।







प्रतिक्रिया