काठमाडौं-ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गर्नुभएकाे छ।
आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको हाे। जेन जी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयाे।
भेटका क्रममा नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, सहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।






प्रतिक्रिया