अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाइनेः मन्त्री सिन्हा

भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाइनेः मन्त्री सिन्हा


काठमाडौँ-भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू-उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै भूमिव्यवस्थामन्त्री सिन्हाले हालसम्म भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए तापनि कित्ताकाट रोकिएका कारण विकाससम्बन्धी काम प्रभावित भएकाले सहजीकरणका पक्षमा संशोधन गरिएको स्पष्ट गर्नुभयो।

उहाँले भन्नुभयो, ‘विशेषगरी कित्ताकाट रोकिएको विषय, विकास आयोजनाका लागि जग्गा प्राप्तिसम्बन्धी विषय र कृषियोग्य जमिनको संरक्षण तथा सदुपयोलगायतका विषयलाई प्राथमिकतामा राखी भू–उपयोगसम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न आवश्यक छ।’

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सिंहदरबारस्थित कानुन मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्नुहुँदै।

मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्नुपर्ने धारणा राख्दै देश र जनतालाई केन्द्रमा राखेर वैज्ञानिक एवं वस्तुनिष्ठ ढङ्गबाट जग्गा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

पदभार ग्रहणका अवसरमा सचिव तथा उच्चअधिकारीहरुले मन्त्री सिन्हालाई स्वागत गर्दै मन्त्रालयको वर्तमान अवस्था, कार्ययोजना र प्राथमिकताबारे जानकारी गराउनुभएको थियो।


नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सिंहदरबारस्थित कानुन मन्त्रालयमा मङ्गलबार पदभार ग्रहणका क्रममा स्वागत गरिँदै। तस्बिरः प्रदीपराज वन्त/रासस
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सिंहदरबारस्थित कानुन मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्नुहुँदै ।