अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदाता सूचीमा नाम लेखाउन आयोगको आग्रह

मतदाता सूचीमा नाम लेखाउन आयोगको आग्रह


काठमाडौँ-निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगलाई मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो। यससँगै मतदाता नामावलीमा नाम समावेश नभएका तर उमेर पुगेकाले नाम दर्ता गरेर आफ्नो मताधिकार सुनिश्चित गर्न पाउने भएका हुन्।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्ने कानुनी बाधा फुकेसँगै आयोगको बैठक बसेर मतदाता नामावली सङ्कलन गर्न मिति तोकिने बताउनुभयो ।