अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्णकुमारी खतिवडाले आफूले आफैँलाई कार्यवाहक !

कृष्णकुमारी खतिवडाले आफूले आफैँलाई कार्यवाहक !


काठमाडौँ-राष्ट्रिय महिला आयोगमा सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आफूले आफैँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्नुभएको छ। खतिवडाले बुधबार आफूलाई कार्यवाहक तोक्नुभएको हो।

खतिवडाले आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली २०८२ असोज ५ गतेदेखि आयोगमा उपस्थित नभएकाले कार्यवाहक तोकिएको समेत जनाउनु भएको छ। पराजुली उपस्थित नहुँदासम्म आफू कार्यवाहकका रुपमा काम गर्ने खतिवडाको भनाइ छ।

‘राष्ट्रिय महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० मा कुनै कारणवश अध्यक्षको पद रिक्त भएमा संविधानको धारा १०१ को उपधारा (६) बमोजिम आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने भएमा, विदेश भ्रमणमा गएकोमा वा सात दिनभन्दा बढी समयसम्म बिदामा रहेकोमा आयोगमा आयोगको वरिष्ठतम सदस्य आयोगको कार्यवाहक अध्यक्ष भई काम गर्ने छ भनी लेखिएकोमा अध्यक्ष आयोगमा उपस्थित नहुँदा सम्मका लागि कार्यवाहक अध्यक्ष म सदस्य कृष्णकुमारी पौडेल खतिवडा नियम बमोजिम कार्यसम्पादन गर्ने जानकारी गराउँछु’, खतिवडाले भन्नुभएको छ।