अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा चुनाव: १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)

प्रतिनिधिसभा चुनाव: १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)


काठमाडौं-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। 

आयोगले पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयाे।

त्यस्तै, आयोगले ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ। उनीहरूलाई न्याय सेवा आयोगको परामर्शमा नियुक्त गरिएको प्रवक्ता भट्टराईले बताउनुभयाे।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि काम सुरु गर्ने छन्। माघ २ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि कामकाज सुरु गर्नुपर्नेछ। 

आयोगले माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसपछि फागुन २१ गते मतदान हुनेछ। 

 मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली :

Skip This