अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने


काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक छलफल छलफल गर्ने भएका छन्। 

बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ। 

प्रधानमन्त्री शाहले यसअघि प्रदेशगत रूपमा सातै प्रदेशबाट निर्वाचित सांसदसँग छलफल गरेका थिए। 

बुधबार समानुपातिक सांसदसँग छलफल गरेका प्रधानमन्त्री शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गरी प्रदेशका समस्या र तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यस बैठकलाई संघीयता कार्यान्वयन र केन्द्र–प्रदेश सम्बन्धको नयाँ कडीका रूपमा हेरिएको छ। प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच हुने यो पहिलो औपचारिक संवाद विकास निर्माण र प्रशासनिक उल्झन सुल्झाउन केन्द्रित हुनेछ।