अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री सुधनले बोके इन्स्पेक्टर लामाको शव

गृहमन्त्री सुधनले बोके इन्स्पेक्टर लामाको शव


काठमाडौं- काठमाडौँको तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कार आज स्वयम्भुमा अन्त्येष्टि गरिएको छ।

श्रद्धाञ्जली अर्पण गर्नका लागि गृहमन्त्री सुधन गुरुङ स्वयम्भुमा उपस्थित भएका छन्। दाहसंस्कार कार्यक्रममा पुगेका गृहमन्त्री गुरुङले लामाको शव बोकेका छन् । 

चैत २९ गते तार्केश्वर नगरपालिका–८ डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । इन्स्पेक्टर लामाको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उनको दाहसंस्कार गरिएको हो । 

इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।