अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित


 काठमाडौं-प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ।

कांग्रेस सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए ।

त्यसअघि रास्वपा संसदीय दलको बैठकले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो भने अन्य विपक्षी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए ।

निर्विरोध निर्वाचित भएपछि खड्काले देशमा आर्थिक अनुशासनको अनुभूति हुने गरि काम गर्ने बताए । उनले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको पनि धारणा राखे ।