काठमाडौं-श्रम संस्कृति पार्टीले पशुपतिनाथ क्षेत्रमा श्रमदान गरेको छ। अध्यक्ष हर्कराज राई (साम्पाङ)को उपस्थितिमा शनिबार बिहान पशुपति क्षेत्रमा श्रमदानमार्फत सरसफाइ कार्यक्रम गरेको हो।
प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङको सहभागितामा आयोजित कार्यक्रममा सरसफाइका साथै विभिन्न श्रमजन्य कामहरू सम्पन्न गरिएको हो।
श्रमदानमा नेता कार्यकर्ताहरूको उपस्थिती थियो।
सरसफाइ कार्यक्रम बिहान ९ बजेदेखि सुरू भएको थियो।
श्रम संस्कृति पार्टीले यसअघि श्रमदानअन्तर्गत बागमती नदीमा सफाइ कार्यक्रम गरेको थियो।










प्रतिक्रिया