अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन: स्वामी रामभद्राचार्य

भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन: स्वामी रामभद्राचार्य


जनकपुर-विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन्।

आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतीको दृष्टिको ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताएका हुन्।

उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनुपर्ने सुझाव दिए । उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने सुझाव दिए । उनले बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको बताए ।

साथै उनले स्व. राजा विरेन्द्रको बेलामा हुने गरेका परम्पराहरु पुनः स्थापित गर्न सके अझ राम्रो हुने धारणा राखे । धर्मगुरु रामभद्रार्चायले नेपालमा धर्मान्तर हुने गरेको गुनासो गरे । उनले विगतमा धर्मान्तर गराउनेहरुको संख्यामा वृद्धि हुनु दुःखद रहेको बताए । उनले राजसंस्था फेरि आउनुपर्ने बताए ।

उनले नेपाल र भारत मिलेर एउटा महाशक्ति बन्नुपर्ने बताए । उनले नेपाल सरकारले चाहे हिन्दूराष्ट्रय पुनः कायम गर्न कुनै समय नलाग्ने जानकारी दिए ।

त्यस्तै, उनले नेपाल समृद्ध होस र कुनै देशमा निर्भर नहोस भन्ने कामना गरेका छन् । उनले खासगरी चीनसँग नेपाल कुनै किसिमले निर्भर नहुने पर्ने धारणा राखे ।

धर्म गुरु रामभद्राचार्य प्रत्येक वर्ष एक पटक जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउने गर्छन । यहाँ आउँदा आफ्नो सम्धीको घर आएको महशुस हुने गरेको उनले बताए ।