अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघसँग आबद्ध निराजन पौडेल पक्राउ

राष्ट्रिय युवा संघसँग आबद्ध निराजन पौडेल पक्राउ


काठमाडौँ- राष्ट्रिय युवा संघका सदस्य निराजन पौडेल (निरे) पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई ज्यान मार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारसम्बन्धी विभिन्न मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध विभिन्न व्यक्तिहरूबाट मौखिक तथा लिखित उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो। ती उजुरीमा उनी ज्यान मार्ने प्रयास, हातहतियारको प्रयोग र सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार उनलाई बिहीबार बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो। प्रारम्भिक बयानमा उनले आफू ठेक्कापट्टा व्यवसायमा संलग्न रहेको बताएका छन्। तर प्रहरी अनुसन्धानमा उनी चक्रे मिलन समूहसँग नजिक रहेको र विभिन्न विवादास्पद गतिविधिमा संलग्न रहेको देखिएको दाबी गरिएको छ।

हाल उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ भने अन्य आरोपहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।