काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा सहभागी हुन नेताहरु बनस्थलीस्थित घण्टीघर पुगेका छन्।
बैठक दिउँसो साढे ३ बजे बस्ने भनिएपनि ढिलाइ भएको छ । पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको प्रवक्ता मनिष झाले बताए ।
झाका अनुसार बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुनुका साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने छ। त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ।
पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा पनि सचिवालयले निर्णय लिनेछ। रास्वपाले यसपटक नयाँ प्रयोग गर्दै ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई पनि बैठकको मुख्य एजेन्डा बनाएको छ।















प्रतिक्रिया