अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सचिवालय बैठक: वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय

रास्वपा सचिवालय बैठक: वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। 

बैठकपछि पार्टी प्रवक्ता मनिष झाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गरिने जानकारी दिए । उनका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको हो ।

यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक भोलि (सोमबार) बस्ने भएको छ। उक्त बैठकमा सचिवालय बैठकले तय गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ । रास्वपाले पछिल्लो समय संगठनात्मक संरचना मजबुत बनाउने अभियानलाई तीव्रता दिँदै आएको छ ।