काठमाडौँ-काठमाडौँको ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
सामाजिक सञ्जालमा देखिएको भिडियोका आधारमा सो घटनामा संलग्न ३ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया