अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा आचार्य नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा आचार्य नियुक्त


काठमाडौँ-सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। आचार्य प्युठानका बासिन्दा हुन्।  त्यस्तै, समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्त गरिएको छ। 

यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। 

यससँगै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो।