काठमाडौं– आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक (एक्सचेन्ज नेप्से) परिसूचक १७ दशमलव ०१ अंकले घटेर २,७८७ को विन्दुमा झरेको छ। आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ।
आज दिनभरिमा ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोडको कारोबार भएको छ। आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सोलु हाइड्रोको २६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आँखुखोलाको२६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ११ प्रतिशतका दरले गुमाएका हुन्।
यसदिन १० उपसूचकमा राताम्य आएको छ। आज होटल तथा पर्यटन समूहको १।४२ प्रतिशत, निर्जीवन बीमा समूहको १।१९ प्रतिशत, फाइनान्स समूहको १।०६ प्रतिशत र हाइड्रो समूहको १।०५ प्रतिशतले शेयर मूल्य घटेको छ।







प्रतिक्रिया