अदानचुली (हुम्ला) । ‘बाल विकास लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको कर्णाली किड्स कपको फाइनलमा सुर्योदय माध्यमिक विद्यालय र छत्रपाल आधारभूत विद्यालय भिड्ने भएका छन् ।
बिहिबार भएका सेमिफाइनलका खेलमा प्रतिष्पर्धी अन्य विद्याललाई पराजय गर्दै अदानचुली–३ स्थित सुर्योदय र छत्रपाल आधारभूत विद्यालय बिच कपको उपाधीका लागि खेल हुने भएको कर्णाली किड्स कपका संयोजक नवराज महताराले जानकारी दिए ।
सेमिफाइनलमा पुगेको जनप्रीय आधारभूति विद्यालयलाई हराउदै पहिलो संस्करण्को बिजेता छत्रपाल आधारभूत विद्यालय र ज्ञानोदयलाई हराउँदै सुर्योदय माध्यमिक विद्याय अघि आएपछि एकै वडाका दुई विद्यालयको प्रतिष्पर्धा हुने भएको हो ।
‘२० औं लोकतन्त्र दिवशका अवसरमा आज अपरान्ह २ बजेबाट फाइनल खेल हुने छ’ कप आयोजक समितिका संयोजक महताराले भने ‘प्रतियोगिताले १२ मुनिका वाल खेलाडीहरुको खेल प्रष्फुटन गर्ने निकै उत्तम मौकाको रुपमा रहेको छ । यो प्रतियोगितालाई हरेक वर्ष हाम्रा सरकारले नै नितन्रता दिनुपर्छ ।’

अपरान्ह २ बजे कप आयोजक संस्था माउण्ट एभरेष्ट इंगिस वोडिङ्ग स्कुलको पाँचौं अविभावक दिवशका अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना पनि गर्ने कप आयोजक समितिका सदस्य तथा रेडियो श्रीनगरका स्टेशन म्यानेजर कालिबहादुर थापाले जानकारी दिए ।
यहि वैशाख ७ गते शुरु भएको खेलमा अदानचुली गाउन्ँपालिकाका १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताका लिक चरण, क्वटरफाइनल र सेमिफाइनलका खेल सकिएपछि आज फाइनलका खेल हुने भएको हो ।
खेल स्थानीयः पहल राष्ट्रिय भन्ने ध्येयका साथ २०२४ मा शुरु भएको कर्णाली किड्स कप हरेक वर्ष लेकतन्त्र दिवशको अवसरमा आयोजना हुदै आएको छ ।

प्रथमलाई ३० हजार नगद
‘खेल गाउँको मान्यता शंशारको’ भन्ने उद्घोषका साथ साथ आयोजना गर्न लागिएको कर्णाली किड्स कपले प्रथम पुरस्कार नगद ३० हजार प्रदान गर्नेछ ।
१२ वर्ष मुनिका ५ कक्षासम्म अध्ययन गर्ने बालबालिहरु प्रतियोगि खेलाडीका रुपमा सहभागिता जनाउने उक्त प्रतियोगितामा दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार नगद १० हजार नगद प्रदान गरिने छ ।
‘शुरुमा प्रथम पुरस्कार ५० हजार राशीको राख्ने लक्ष्य भएपनि पहिलो पटक प्रतियोगिता आयोजना गरेको र ग्रामीण क्षेत्रमा प्रतियोगिता आयोजना गरेका कारण हामीले पहिलो पुरस्कारको राशी ३० हजार राखेका छौं’ आयोजक नवराज महताराले थपे बिजेता विद्यालयलाई नगदसहित ट्रफी, मेडल, प्रमाण–पत्र र प्रतियोगि बालबालिकालाई शैक्षिक सामाग्री पनि प्रदान गरिने छ ।’
१२ वटा विद्यालयको सहभागिता रहेका कर्णाली किड्स कपको दोस्रो संस्करणमा अदानचुली गाउँपालिका, कर्णाली खेलकुद विकास परिषद, सामाजिक विकास कार्यालय हुम्ला फुटवल एकेडेमीसँगसहकार्यमा आयोजना गरिएको बताइएको छ ।







प्रतिक्रिया