काठमाडौं- प्रधानमन्त्री बालेन्द्र साह (बालेन) यही वैशाख १८ गते लुम्बिनी जाने भएका छन्। २५७० औं बुद्धजन्यती समारोहमा सहभागी हुन प्रधानमन्त्री लुम्बिनी जाने भएका हुन्।
प्रधानमन्त्री समारोहमा सहभागी भएर पूजा मात्रै गर्ने तय भएको सचिवालयले जानकारी दिएको छ। तय सम्बोधन भने नगर्ने भएका छन् ।
विगतका वर्षहरूमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले बुद्ध जयन्तीमा सहभागी भई औपचारिक सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो। तर यसपटकको कार्यक्रम तालिकामा प्रधानमन्त्रीको भाषण समावेश नगरिएको कोषले जनाएको छ।
विगतमा राष्ट्रप्रमुख/सरकार प्रमुख बुद्ध जयन्तीमा सहभागी हुन आउने र कार्यक्रमलाई सम्बोधन गर्ने परम्परा थियो ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले प्रधानमन्त्रीको सम्बोधन सेडुलमा नराखिएको बताए। ‘अहिलेसम्म प्रधानमन्त्री र विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लुम्बिनी आउने कार्यक्रम छ । प्रधानमन्त्रीले पूजा गर्ने तर भाषण नगर्ने भन्ने छ। बिहान ५ बजे कार्यक्रम शुरू हुने र ६ बजे सकिने छ।’
प्रधानमन्त्री लुम्बिनी विकास कोषको संरक्षक रहने व्यवस्था छ।







प्रतिक्रिया