काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा छोराका रूपमा वि.सं. २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको आज जन्मदिन परेको छ। प्रधानमन्त्री बालेनको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो।
सरकारको नेतृत्व सम्हालेको एक महिना पूरा गरिसकेका प्रधानमन्त्री शाहको जन्मदिनलाई लिएर समर्थक, राजनीतिक सहकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
यस अवसरमा प्रधानमन्त्री शाहलाई जन्मदिनको शुभकामना दिने क्रममा उनकी दिदी सुजाताले ‘बालकृष्ण शाह’ का रूपमा उनले केही वर्षअघि चलाएको फेसबुक आईडीलाई मेन्सन गरेकी छन्।
‘सुजाता हरिश’ फेसबुक आईडीबाट उनले शुभकामनामा बालेनको उक्त पुरानो आईडीलाई मेन्सन गरेकी छन्। उक्त आईडीमा उनले अन्तिम पटक सन् २०२० को जनवरी १० मा उनको गीत ‘बलिदान’ को युट्युब लिंक शेयर गरेका छन्। उक्त फेसबुक अकाउण्टमा अहिले १०१ जना मात्रै साथी देखिन्छन्। ‘सुजाता हरिश’ फेसबुक आईडीबाट उनले आज बिहान ८:०६ मा अपलोड गरेको शुभकामनामा बालेनको उक्त पुरानो आईडीलाई मेन्सन गरेकी छन् । उक्त आईडीमा उनले अन्तिम पटक सन् २०२० को जनवरी १० मा उनको गीत ‘बलिदान’ को युट्युब लिंक शेयर गरेका छन् । उक्त फेसबुक अकाउण्टमा अहिले १०१ जना मात्रै साथी देखिन्छन् ।













प्रतिक्रिया