अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ


काठमाडौं-नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिका–५बाट पक्राउ परेको हो।

उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। 

नेपाल बीमा प्राधिकरण कुपण्डोल, ललितपुरको वैशाख ८ गतेको पत्र तथा आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा कम्पनी समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४०(१०)(छ) अनुसार कसूर गरेको उल्लेख भएपछि अनुसन्धानका लागि सूचना प्रहरीले पाएको थियो।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।