अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश


काठमाडौं – दीपक भट्टको हकमा उनकी पत्नी आयुष्मा नेपालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै सम्बन्धित व्यक्तिलाई बन्दीसहित उपस्थित गराउन निर्देशन दिएको छ।

उक्त रिट काठमाडौं जिल्ला अदालत बबरमहल, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग , केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय प्रहरी प्रभाग सानेपा, ललितपुरलाई प्रतिवादी बनाइ दायर गरिएको हो। भट्टलाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ । साथै धितोपत्र कसुरमा समेत उनको अनुसन्धान सीआइबीले गरिरहेको छ।

रिट गत वैशाख १८ गते दर्ता भएको थियो। सोमबार भएको सुनुवाइमा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले आदेश जारी गर्दै प्रतिवादीहरूलाई कारण देखाउन र सम्बन्धित व्यक्तिलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमा कुनै व्यक्तिलाई गैरकानुनी रूपमा थुनामा राखिएको छ वा छैन भन्ने विषयमा अदालतले तत्काल स्पष्टता माग गर्ने कानुनी प्रक्रिया हुन्छ।