अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश


काठमाडौं-सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ। शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।

‘कानुनी व्यवस्था अनुसार यि निवेदकसँग प्रत्यर्थी अनुसन्धान अधिकारीले धरौटी वा समानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राख्ने गरी भएको मिति २०८३ वैशाख ११ र २०८३ वैशाख २१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ सर्वोच्चले भनेको छ। 

जिल्ला अदालत, काठमाडौँले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको अनुमतिलाई सर्वोच्चले बदर गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिरासतमा राख्न जिल्ला अदालतबाट म्याद थप गरेको थियो।

सर्वोच्चले धरौटीमा बुझाउ नसके मात्रै हिरासतमा राख्न भनेको छ। ‘धितोपत्र सम्बन्धी कसूरका हकमा यि निवेदकसँग धरौटी वा जनमानत माग गरी उल्लिखित दफा १०४ को कानुनी व्यवस्था अनुसार आवश्यक अनुसन्धान गर्न र धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ। 

उनी वैशाख ११ गते पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।