काठमाडौँ-नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख २४ गते बिहीबार तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
कार्कीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेर अख्तियारले मुद्दा दायर गरेको छ।
तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
त्यस्तै अख्तियारले चिनियाँ कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजन व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ ।
अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । आज दायर भएको यो मुद्दा तेस्रो हो ।
यस्तो छ पूर्णपाठः







प्रतिक्रिया