काठमाडौँ-ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा श्रम मन्त्रालयले शुक्रबार छापा मारेको छ। श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो।
छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) र रु सात लाख ९० हजार नगद बरामद भएको जनाइएको छ । बरामद नगदको कुनै रसिद फेला नपरेको यादवले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयबाट जानकारी आएपछि तत्काल अनुगमन तथा छापा प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । स्वकीय सचिव यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आएमा मन्त्रीको सचिवालय २४सै घण्टा तत्पर रहने बताए ।




















प्रतिक्रिया