अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्ने


काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बुधबारको बैठकमा साँसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले २८ वैशाखमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन् ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

गत सोमबार राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।