अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः  उपाध्यक्ष पौडेल

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः  उपाध्यक्ष पौडेल


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना तर्फबाट भएका भूल-त्रुटि र गल्ती-कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचक भएर प्रस्तुत हुन एमाले पङ्क्तिलाई आग्रह गरेका छन्।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादको मर्मलाई ठीक ढङ्गले आत्मसात् गर्दै गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न र नेकपा (एमाले) लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुनःस्थापित गर्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।

‘यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा ज्यादा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा आइपुगेको छ। हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको बहुदलीय जनवादबाट ठीक ढङ्गले निर्देशित हुन सक्यौँ वा सकेनौँ भनेर वस्तुनिष्ठ समीक्षा गर्न विलम्ब भइसकेको छ,’ उपाध्यक्ष पौडेलले बताएका छन् ।