काठमाडौं- कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा बुधबार काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरण पारित गरेको छ।त्यस्तै, साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहित २.१०५३ प्रतिशत नगद लाभांशसमेत अनुमोदन गरेको छ।
२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्न आवश्यक सहकार्य र सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



प्रतिक्रिया