काठमाडौँ- नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) संसद् र जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै नेता गैरेले सो आरोप लगाएका हुन्। संसद् बैठकमा जाँदै नजाने, संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन इन्कार गर्ने तथा जनतासँग प्रत्यक्ष संवादसमेत नगर्ने प्रधानमन्त्रीको रवैयाप्रति नेता गैरेले असन्तुष्टि जनाएका छन्।
नेता गैरेले प्रधानमन्त्रीको कार्यशैली र हठका कारण सरकार नै संकटमा पर्न सक्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको व्यवहारकै कारण सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विभाजन हुने र वर्तमान दुई तिहाइको सरकार समेत ढल्ने परिस्थिति आउन सक्ने दाबी गरेका छन् ।
प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण कदमले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै उनले सत्तारुढ दलभित्रै ठूलो संकट आउने संकेत गरेका छन्।





प्रतिक्रिया