अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा


काठमाडौं-सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै २०८३ जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका हुन्।

योसँगै जेठ १४ गते बिहिबार विद्यालय, सरकारी कार्यालय, सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन्।

यस दिनको बिदाबारे सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते बिदा ईद परेको जानकारी गराएसँगै बिदा दिइएको हो।