अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले सचिवालय बैठक

कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले सचिवालय बैठक


काठमाडौं-नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक भक्तपुरस्थित गुण्डुमा सुरु भएको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो।

५ जेठ बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ। 

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरुको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरुलाई पठाउने तयारी छ। गत मंसिर २७- २९ मा भएको ११ औं महाधिवेशनपछि नेताहरुको अस्थायी कार्यविभाजन गरिएको थियो। फागुन २१ को निर्वाचनमा केन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो।

यस पटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरु मध्ये सचिव भानुभक्त ढकाललाई संगठन,केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल,विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरुलाई विभागहरुका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ । अध्यक्ष ओलीको प्रस्तावमा अधिकांस केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ।