अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नीति अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटीमा को-को ?

एमाले नीति अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटीमा को-को ?


काठमाडौँ-नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ। प्रस्तावित नामबारे आज शुक्रबार बसेको एमाले सचिवालय बैठकले निर्णय गर्नेछ। 

प्रतिष्ठानको अध्यक्षमा एमालेले यसअघि नै विष्णु रिमाललाई मनोनयन गरिसकेको छ। प्रतिष्ठानका सदस्यहरूको नाम केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने गरी अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका छन्। 

प्रतिष्ठानको सदस्यका लागि प्रस्तावित नामहरूमा डा.युवराज खतिवडा, डा.नेत्र तिमिल्सिना, डा.योगेन्द्र गुरुङ, विनोद पाण्डे, र एक जना कार्यकारी निर्देशक भनिएको छ । 

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अघिसम्म प्रतिष्ठानको अध्यक्ष ईश्वर पोखरेल रहेका थिए । महाधिवेशनपछि पोखरेलको ठाउँमा रिमाल मनोनयन भएका हुन् ।