अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुम्बासी बस्ती हटाउने विषयमा रास्वपाभित्रै प्रश्न, इन्दिरा रानाले मागिन् स्पष्ट धारणा

सुकुम्बासी बस्ती हटाउने विषयमा रास्वपाभित्रै प्रश्न, इन्दिरा रानाले मागिन् स्पष्ट धारणा


काठमाडौँ-सत्तारुढ दल रास्वपाकी सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो ? भन्दै प्रश्न गरेकी छिन्।

शुक्रवार सिंहदरबारस्थित संसदीय दलको पार्टी सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए। उक्त छलफलपछि सञ्चारकर्मीसँग सांसद राना मगरले सुकुम्बासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताएकी हुन्।

सांसद राना मगरले स्थानीय तहहरूले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको बताइन्।

सांसद मगरले केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाए। सांसद मगरले काठमाडौंमा सरकारले सुकुम्बासी हटाएको घटनालाई आधार बनाएर झापालगायतका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गर्नु उचित नभएको बताए।

‘सुकुम्बासी बस्ती व्यवस्थापनको सम्बन्धमा हाम्रो पार्टीको धारणा के हो ? मैले स्पष्टसँग पार्टीको धारणा आउनुपर्ने कुरा राखे । किनभने अहिले स्थानीय सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा जे पायो त्यही गरिरहेको छ’,  सांसद मगरले भनिन्’, ‘यस विषयमा हाम्रो पार्टीको औपचारिक धारणा के हो ? नदिहरुको संरक्षण गर्नुपर्छ भन्ने कुरा त कानून मै छ नि। काठमाडौंमा सरकारले सुकुम्बासी हटायो भन्दै झापामा स्थानीय तहले सूचना जारी गरेर खालि गराउन ख लागिरहेका छन्। यो त ठिक भएन नि।’