काठमाडौं-राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ।
शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए ।
मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ।




प्रतिक्रिया