काठमाडौं-गोरुमाथि निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले संलग्न व्यक्तिलाई प्युठानबाट एक जना पक्राउ गरेको छ।
गौमुखी गाउँपालिका-१ निवासी अन्दाजी ३६ वर्षीय जालिराम थापा मगरले आफ्नै खेतबारीमा गोरु जोतिरहेका बेला गोरु हिँड्न नसकी खेतमै बसेपछि नाक-मुख माटोमा गाड्दै कुटपिट तथा हिर्काएको भिडियो बनाएका थिए। उक्त भिडियो फेसबुक र टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट भएपछि जिल्ला प्रहरी कार्यालय प्युठानले घटनाबारे अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा जालिराम थापा मगरले पशुपन्छीमाथि निर्दयी व्यवहार गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ अन्तर्गत दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको छ।
साथै, थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया