धादिङ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको जिल्ला सभापतिमा राजन अर्याल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले अर्याललाई जिल्ला सभापति निर्वाचित गरेको हो । उनी हाल रास्वपा बागमती प्रदेश कमिटी सदस्य हुन् ।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपसभापति पदमा श्रवण त्रिपाठी २१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लीला श्रेष्ठले ७७ मत प्राप्त गरे ।
सचिव पदमा राम भण्डारी १६२ मत सहित निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवार कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत प्राप्त गरेका छन् ।
यस्तै, सहसचिव पदमा श्रीराम आचार्य १६० मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र कँडेलले १२७ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया