अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित

मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित


विराटनगर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनबाट भरतराज कँडेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट उपसभापति पदमा विमला बस्नेत निर्विरोध निर्वाचित भएकी छन् भने सचिवमा दिवस नेपाल विजयी भएका छन्। त्यसैगरी सहसचिव पदमा सिर्जना गिरी निर्वाचित भएकी छन्।

रास्वपाको विधानअनुसार जिल्ला अधिवेशनबाट पदाधिकारीसहित ९ जना पदाधिकारी तथा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ भने थप २ जना सदस्य मनोनीत गरिने प्रावधान छ। साथै, सम्बन्धित पालिकाका सभापतिहरू जिल्ला समितिमा पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

मोरङ जिल्ला अधिवेशनमा कुल ४८५ मत खसेको निर्वाचन समितिले जनाएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीको संगठन विस्तार, सदस्यता अभिवृद्धि तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको सन्दर्भमा मोरङमा पनि नयाँ नेतृत्व चयन गर्दै संगठनात्मक संरचना सुदृढ गर्ने अभियानलाई निरन्तरता दिएको छ।