अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक सर्वसम्मत चयन

रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक सर्वसम्मत चयन


हेटौँडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक सर्वसम्मत रूपमा चयन भएका छन्।

शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले पाठकको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी, सह–सचिवमा शान्ति थापा तथा सदस्यमा सम्झना पुडासैनी लगायत चयन भएका छन्।

अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टी संगठनलाई जिल्लाभर थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा पार्टीका नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको क्रममा मकवानपुरमा पनि प्रथम जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो।