अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा पर्वतमा पुन निर्वाचित

रास्वपा पर्वतमा पुन निर्वाचित


पर्वत-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जलबहादुर पुन सभापतिमा निर्वाचित भएका छन्।

दश सदस्यीय कार्यसमिति उपाध्यक्षमा शारदाकुमारी शर्मा, सचिवमा रामेश्वर गौतम र सहसचिवमा नारायणप्रसाद भुसाल चुनिए। यसैगरी सदस्यमा दिनेश बस्याल, वीरेन्द्रविक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा सुवेदी, ठक्करप्रसाद शर्मा र गणेशप्रसाद शर्मा निर्वाचित भए ।

अधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सागर भुसालले जनताको चाहनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिए । अधिवेशनमा जिल्लाका ६१ वटै वडाबाट प्रतिनिधिहरु सहभागी थिए । जिल्लाका सात पालिका र ६१ वटा वडाको अधिवेशन यसअघि भइसकेको छ ।