अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले बोलाएको बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्, कुन दलबाट काे ?

रवि लामिछानेले बोलाएको बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्, कुन दलबाट काे ?


काठमाडौँ-संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा चार दलका सभापति/अध्यक्ष सहभागी भएका छन् ।

सोमबारको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका नेतृत्वकर्ता बैठकमा सहभागी नभएका हुन् ।

प्रत्येक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियाे । तर, कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टीका शीर्ष नेता बैठकमा सहभागी नभएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित सहभागी छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि बैठकमा सहभागी भएनन् । अर्कै काम परेकोले बैठकमै नगएको साम्पाङले बताएका छन् ।