अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत


काठमाडौँ-नेकपा (एमाले)का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले वर्तमान राजनीतिक परिस्थितिमा प्रमुख राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमतिको आवश्यकता अझ बढेको बताएका हुन्।

सचिव बस्नेतले सरकार जनअपेक्षाविपरीत तथा जनविरोधी ढंगले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको टिप्पणी गरेका छन्। ‘सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढङ्गले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबिच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको छ’, सचिव बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।

सचिव बस्नेतले संसदको गतिरोध अन्त्य गर्न सभामुखले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बेला विभिन्न कार्यक्रम र यात्रामा अनावश्यक तामझामसहित व्यस्त देखिएको उल्लेख गर्दै प्रमुख राजनीतिक शक्तिहरूलाई संवादको साझा मञ्चमा ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।

सचिव बस्नेतले मुलुकका समसामयिक राजनीतिक, संसदीय तथा जनसरोकारका विषयमा दलहरूबीच खुला संवाद आवश्यक रहेको भन्दै सर्वदलीय बैठकले सहमति र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Skip This