काठमाडौं-प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन्। प्रधानमन्त्री शाहले २०८३ जेठ २६ गते मंगलबार २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति पौडेलले आज नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गरेका हुन्।
२०८३ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैसँग राखेका छन्।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भइ म्याग्दीबाट निर्वाचित सांसद हुन्।
उनीहरू दुवै जनाको सरकारमा दोस्रो इन्ट्री हो। गुरुङ २०८३ चैत १३ गते गृहमन्त्री नियुक्त भएर २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए।









प्रतिक्रिया