अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् पुनर्गठन: गृहमन्त्री सुधनलाई पाँचौ वरीयता, महावीर आठौँमा

मन्त्रिपरिषद् पुनर्गठन: गृहमन्त्री सुधनलाई पाँचौ वरीयता, महावीर आठौँमा


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन्।

मंगलबार दुई मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद १७ सदस्यीय बनेको छ। बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा दोस्रो पटक प्रवेश पाएका गृहमन्त्री सुधन गुरुङले पाँचाैँ वरीयता पाएका छन्। राजीनामा दिनुअघि पनि गुरुङको मन्त्रिपरिषद्‌मा पाँचौ वरीयता थियो।

छानबिन समितिले ‘क्लिनचिट’ दिएपछि मंगलबार गुरुङ पुनः गृहमन्त्रीमा फर्काइएका हुन्। पहिलोपटक गृहमन्त्री भएलगत्तै गुरुङलाई तेस्रो वरीयतामा राखिएको थियो। तर, विरोध भएपछि उनलाई पाँचौमा झारिएको थियो।

उनी भन्दा अगाडि डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र विराजभक्त श्रेष्ठको वरीयता छ। यस्तै विज्ञान प्रविधि मन्त्री बनेका महावीर पुनको वरीयता भने आठाैँ नम्बरमा रहेको छ। यस्तै वरीयताको पुछारमा श्रममन्त्री रामजी यादव रहेका छन्।

रक्षा मन्त्रालयको जिम्मेवारी भने अझै प्रधानमन्त्री शाहसँगै छ।

Skip This