काठमाडौं- नवनियुक्त गृहमन्त्रीमा कमब्याक गरेलगत्तै सुधन गुरुङले चार वटा महत्त्वपूर्ण निर्णय गरेका छन्। मंगलबार साँझ पदभार ग्रहण गर्दै रुङले आफ्नो निर्णयबारे जानकारी गराएका हुन्।
गृहमन्त्री गुरुङले गत २३ र २४ भदौको जेन–जी विद्रहोको फौजदारी मुद्दा फिर्ता लिन विशेष कायर्दल बनाउने निर्णय पनि गरेका छन् । यसैगरी गृहमन्त्री गुरुङले २०५८ सालमा भएको नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्।
गृहमन्त्रीले सुनाएका ४ महत्त्वपूर्ण निर्णयहरू यसप्रकार छन्:
- जेनजी आन्दोलनका मुद्दाः जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा लगाइएका फौजदारी अभियोजनका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गरिनेछ ।
- दरबार हत्याकाण्डको थप छानबिनः विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाइनेछ ।
- सूचना चुहावट रोक्न एसआईभीटी गठनः गृह मन्त्रालय र सुरक्षा निकायबाट हुने संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सेटिभ इन्फर्मेसन भिजिलियन्स टिम (एसआईभीटी) गठन गरिनेछ।
- सीआईबीमा विशिष्टीकृत समूहः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त र प्रभावकारी बनाइनेछ । हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिँदै ब्युरोमा रहेका जघन्य, आर्थिक र सङ्गठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृतिअनुरूपको विशिष्टीकृत समूह गठन गरिनेछ ।






प्रतिक्रिया