अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा लमजुङ सभापतिको निर्वाचन पुनः गर्न सभापतिका ३ उम्मेदवारको पार्टीमा उजुरी

रास्वपा लमजुङ सभापतिको निर्वाचन पुनः गर्न सभापतिका ३ उम्मेदवारको पार्टीमा उजुरी


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको निर्वाचन रद्द गर्न र सभापतिमा निर्वाचित व्यक्तिको पद खारेज गर्न केन्द्रीय निर्वाचन आयोगमा उजुरी परेको छ ।
सभापति पदका उम्मेदवारहरु हरिबहादुर धिताल, विजय रन्जन पौडेल र नवराज पहाडीले सभापति पदमा निर्वाचित भनिएका अशोक सापकोटाको पद रद्द गरी पुनः निर्वाचन गर्न माग गरेका हुन् ।

जेठ २४ गते लमजुङ जिल्ला अधिवेशनमा जिल्ला समितिका अन्य पदहरूको अलावा जिल्ला सभापति पदमा जम्मा ५ जनाको उमेदवारी कायम भएको र सभापति पदमा भएको निर्वाचन अवैधानिक भएको भन्दै उनीहरुले उजुरी गरेका हुन् ।

पार्टीको विधान २०७९ (तेश्रो संशोधन सहित)को धारा ३३ उपधारा १ (ख) अनुसार, सभापतिको निर्वाचनमा विजयी उम्मेदवारले सदर मतको ५०.५प्रतिशत मत ल्याउनु पर्ने वा बढी मत कटाउनेबीच पुनः निर्वाचन हुने व्यवस्था उल्लंघन भएको भन्दै निर्वाचन रद्द गर्न माग भएको हो ।

निर्वाचन समिति प्रमुखका रुपमा खटाइएकी रास्वपा गण्डकी प्रदेशका सहमहामन्त्री कृष्णकुमारी अधिकारी (अनिशा)ले कुल सदर मत १७४ को जम्मा ६९ मत अर्थात मतको कुल ३९.६ प्रतिशत मात्र प्राप्त गरेका अशोक सापकोटालाई पार्टी विधान र निर्वाचन कार्यविधिका विपरीत गैरकानुनी रुपमा सभापति पदमा निर्वाचित भएको घोषणा गरेको उनीहरुको आरोप छ ।
अनिशाले जेठ २५ गते बिहान ११ बजे पुनः निर्वाचन हुने भनेर जानकारी दिइएको र सभापति पदका अन्य ४ जना उम्मेदवारको कुनै सहमति नलिई एकतर्फी सापकोटा जिल्ला सभापति भएको घोषणा गरी शपथ खुवाउने काम भएको उनीहरुको आरोप छ ।

Skip This