काठमाडौं-नेकपा (एमाले) बागमती प्रदेश कमिटीको दोस्रो बैठक जारी रहेको छ। बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।
बैठकमा पार्टी उपाध्यक्ष रामबहादुर थापा लगायत नेताहरूले आफ्नो धारणा राखिसकेका छन्। प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।
बैठकमा प्रदेश संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने विषयमा गम्भीर छलफल भइरहेको बताइएको छ। साथै पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी कार्यदिशा तथा जनताका अपेक्षालाई केन्द्रमा राखेर बैठक अघि बढाइएको छ।
नेताहरूले एमालेको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका छन्। बैठकमा संगठन विस्तार, जनपरिचालन तथा आगामी राजनीतिक रणनीतिका विषयमा समेत छलफल भइरहेको जनाइएको छ।







प्रतिक्रिया