अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कचनकवल सीमा क्षेत्रमा अवैध संरचना हटाउन नेपाल-भारत संयुक्त गस्ती सुरु

झापाको कचनकवल सीमा क्षेत्रमा अवैध संरचना हटाउन नेपाल-भारत संयुक्त गस्ती सुरु


झापा-झापाको कचनकवल गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका अवैध संरचना तथा बोटबिरुवा हटाउन नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन्।

सीमा क्षेत्रलाई व्यवस्थित, सुरक्षित र स्पष्ट बनाउन दशगजा क्षेत्रमा फैलिएका अवैध निर्माण, झाडी तथा बोटबिरुवा हटाउने अभियानअन्तर्गत संयुक्त गस्ती सञ्चालन गरिएको हो। कचनकवल नेपालकै दक्षिणी सीमामा अवस्थित गाउँपालिका हो, जहाँ भारतसँग खुला सीमा जोडिएको छ।

संयुक्त गस्तीमा नेपालका सुरक्षा निकाय र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी सहभागी छन्। गस्तीका क्रममा सीमास्तम्भको अवस्था निरीक्षण, सीमा अतिक्रमणको सम्भावित जोखिमको अनुगमन तथा दशगजा क्षेत्रभित्र रहेका अवैध संरचना र वनस्पति हटाउने कार्यलाई प्राथमिकता दिइएको छ। यस्ता संयुक्त गतिविधिले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने तथा दुवै देशबीचको समन्वय सुदृढ गर्ने अपेक्षा गरिएको छ।

Skip This