काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो मारेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्।
प्रधानमन्त्रीले फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई अँगालो हालेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट् गरेका हुन्। कालो पहिरनमा सजिएका उनले पोस्टमा पीएम, एचएम, आईएम, लेखेका छन्। अर्थात् प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर। अर्थात् उनको दायाँपट्टि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् भने बायाँतिर भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ छन्।
पोस्ट गरिएको उक्त तस्बिरमा प्रधानमन्त्री शाहले दुवै मन्त्रीलाई अँगालो हालेको देखिन्छ। तस्बिरसँगै उनले ‘देश बनाउने टोली’ भन्ने क्याप्सन लेखेका छन्।

प्रधानमन्त्री शाहको उक्त पोस्ट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। सरकारको नेतृत्व गरिरहेका प्रमुख व्यक्तिहरूबीचको एकता, सहकार्य र विकासप्रतिको प्रतिबद्धताको सन्देश दिन खोजिएको रूपमा पोस्टलाई हेरिएको छ।
यद्यपि, प्रधानमन्त्री शाहले तस्बिर सार्वजनिक गर्नुबाहेक थप कुनै टिप्पणी गरेका छैनन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने पोस्टप्रति विभिन्न प्रतिक्रिया जनाइरहेका छन्।
‘देश बनाउने टोली’ भन्ने सन्देशसहित सार्वजनिक गरिएको उक्त तस्बिरलाई सरकारको आगामी कार्यदिशा र विकास अभियानसँग जोडेर पनि चर्चा गर्न थालिएको छ।






प्रतिक्रिया