अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान संशोधनबारे एमालेले के-के गर्‍यो निर्णय

संविधान संशोधनबारे एमालेले के-के गर्‍यो निर्णय


काठमाडौँ । नेकपा (एमाले) ले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठकले संविधान संशोधनसम्बन्धी सुझाव सङ्कलन र आवश्यक प्रस्ताव तयार गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

पार्टी केन्द्रीय सचिवालयको गत जेठ ४, ८, ९ र १० गते बसेको बैठकले पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। आइतबार बसेको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गर्ने निर्णय गरेको जनाएको छ।

बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभव, यसको सबल तथा कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा संशोधनका सम्भावित क्षेत्रहरूको अध्ययन र पुनरावलोकन गर्न उपसमिति गठन गरेको छ। उक्त उपसमितिको संयोजकमा अग्निप्रसाद खरेललाई जिम्मेवारी दिइएको छ।

उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उपसमितिले सुझाव सङ्कलनको कार्ययोजना तथा विस्तृत कार्यतालिका तयार गरी आगामी बैठकमा पेस गर्नेछ।

बैठकले संविधान संशोधनका विषयमा अन्य राजनीतिक दल तथा उनीहरूले गठन गरेका कार्यदलहरूसँग संवाद, छलफल र अन्तरक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। साथै, कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गरिएको छ।

एमालेले संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभव, देखिएका चुनौती तथा सुधारका सम्भावित क्षेत्रलाई समेटेर आफ्नो धारणा तयार गर्न कार्यदलमार्फत व्यापक सुझाव सङ्कलन प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

निर्णयहरू

  • सङ्घीय लोकतान्त्रिक गणतन्त्र र बिद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ गर्न र थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरूबाट सुझाव संकलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने ।
  • संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष र कार्यान्वयनका क्रममा देखिएका जटिलता सहितको पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न र संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागी बिस्तृत कार्यतालिका निर्माण गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहनुभएको छ। उप समितिले सुझाव सन्कलन लगायतको कार्ययोजना र कार्यतालिका आगामी बैठक प्रस्तुत गर्ने ।
  • अन्य राजनीतिक दलहरू र दलहरुले गठन गरेका संविधान संशोधन सम्बन्धी कार्यदलहरूसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्न पहल गर्ने।
  • संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गर्ने।

Skip This